प्रदेश सांसद गाहामगरद्वारा ‘भारतीपुर–उदयपुर–ढाँसी’ सडक आयोजनाको शिलान्यास

नवलपुर | असोज २, २०८१

प्रदेश सांसद गाहामगरद्वारा ‘भारतीपुर–उदयपुर–ढाँसी’ सडक आयोजनाको शिलान्यास

नवलपुरको बुलिङटार गाउँपालिकामा पर्ने ‘भारतीपुर–उदयपुर– ढाँसी’ सडकखण्ड स्तारोन्नतीको शिलान्यास गरिएको छ ।

 

गण्डकी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री तथा प्रदेश सभा सदस्य रोशन बहादुर गाहा थापाले एक कार्यक्रमकाबीच शिलान्यास गर्नुभएको हो ।

 

सो अवसरमा बोल्दै प्रमुख अतिथिसमेत रहनुभएका गाहामगरले जनातामाझ गरेका प्रतिबद्धतालाई पूर्ण रुपमा कार्यान्वयन गर्न लागिपरेको बताउनुभयो ।

 

उहाँले आफ्नो क्षेत्रको विकास र जनताको आवाजलाई सम्बन्धित ठाउँमा लैजाने बताउनुहुँदै सधैं जनमुखी काम गर्न तल्लिन रहेको उल्लेख गर्नुभयो ।

 

 

नवलपुर निर्वाचन क्षेत्र न. १ (ख) बाट निर्वाचित दोस्रो पटक निर्वाचित गाहामगरको पहलमा आर्थिक वर्ष २०८०/०८१ मा उक्त सडक स्तरोन्नतीका लागि ५ करोड बजेट विनियोजन भएको थियो । 

 

यस्तै कार्यक्रममा बोल्दै बुलिङटार गाउँपालिकाका अध्यक्ष इन्जिनियर दीपेन्द्र सुनारीमगरले बताउनुभयो ।

 

उहाँले उक्त सडकखण्डक करिब ६ किलोमिटर रहेको बताउदै बुलिङटार गाउँपालिका ६ भित्रको रिङरोडको रुपमा निर्माण भइरहेको बताउनुभयो ।

 

‘यो चाँही हाम्रै ६ नम्बर वडामा पर्छ । तल्लो भेग कालीगण्डकी करिडोर पर्छ । अहिले भइरहेको काम रिङरोडको रुपमा बन्दैछ, उहाँले भन्नुभयो, ‘नाली बनाउने, ग्याबिङ गर्ने, सडक फराकिलो बनाउने, कटान गर्ने काम भइरहेको छ ।’

 

उहाँका अनुसार उक्त सडकस्तरोन्नतीको कामा पूर्वाधार विकास कार्यालयले ठेक्कामा लगाएको हो ।

 

सो आयोजना आफ्नै पालिकामा पर्ने भएकाले निर्धारित समयमै काम सक्नेगरी निरन्तर अनुगमन भइरहेको उहाँले बताउनुभयो ।

 

 

उहाँले ‘बस्न योग्य, हेर्न लायक समृद्ध बुलिङटार’ बनाउन आफू प्रतिबद्ध रहेको बताउनुहुँदै यस क्षेत्रकै मुटुको रूपमा रहेको साबिक भारतीपुर रिङरोडको रुपमा ढाँसी– भारतीपुर हुँदै अत्रौली जोड्ने कामलाई पूर्णता दिन आफू अग्रपङ्तिमा रहेर काम गर्ने प्रतिबद्धता पनि जनाउनुभएको थियो । 

 

यस्तै बुलिङटार गाउँपालिका ६ का वडाध्यक्ष मोहनराज पाठकले वडाको विकासलागि आफु अहोरात्र खटिएको स्मरण गराउदै सहयोग गर्ने सबैलाई आभार व्यक्त गर्नुभएको थियो ।

 

आफ्नो क्षेत्रको सांसद गाहामगर, गाउँपालिका प्रमुख सुनारी र वडाध्यक्ष पाठकको कार्यशैली उत्कृष्ट र तदारुपताका साथ काम गरेको भन्दै कार्यक्रममा सहभागि स्थानीयहरुले प्रशंसा गरेका थिए ।

पोखरा ।  ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...

थप पढ्नुहोस्

कर्णाली:   नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्‍याइएका उनको  मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...

थप पढ्नुहोस्

महेन्द्रनगर:  कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई  पक्राउ गरेको छ ।      बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

थप पढ्नुहोस्