प्रदेश सांसद गाहामगरद्वारा ‘भारतीपुर–उदयपुर–ढाँसी’ सडक आयोजनाको शिलान्यास

नवलपुर | असोज २, २०८१

प्रदेश सांसद गाहामगरद्वारा ‘भारतीपुर–उदयपुर–ढाँसी’ सडक आयोजनाको शिलान्यास

नवलपुरको बुलिङटार गाउँपालिकामा पर्ने ‘भारतीपुर–उदयपुर– ढाँसी’ सडकखण्ड स्तारोन्नतीको शिलान्यास गरिएको छ ।

 

गण्डकी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री तथा प्रदेश सभा सदस्य रोशन बहादुर गाहा थापाले एक कार्यक्रमकाबीच शिलान्यास गर्नुभएको हो ।

 

सो अवसरमा बोल्दै प्रमुख अतिथिसमेत रहनुभएका गाहामगरले जनातामाझ गरेका प्रतिबद्धतालाई पूर्ण रुपमा कार्यान्वयन गर्न लागिपरेको बताउनुभयो ।

 

उहाँले आफ्नो क्षेत्रको विकास र जनताको आवाजलाई सम्बन्धित ठाउँमा लैजाने बताउनुहुँदै सधैं जनमुखी काम गर्न तल्लिन रहेको उल्लेख गर्नुभयो ।

 

 

नवलपुर निर्वाचन क्षेत्र न. १ (ख) बाट निर्वाचित दोस्रो पटक निर्वाचित गाहामगरको पहलमा आर्थिक वर्ष २०८०/०८१ मा उक्त सडक स्तरोन्नतीका लागि ५ करोड बजेट विनियोजन भएको थियो । 

 

यस्तै कार्यक्रममा बोल्दै बुलिङटार गाउँपालिकाका अध्यक्ष इन्जिनियर दीपेन्द्र सुनारीमगरले बताउनुभयो ।

 

उहाँले उक्त सडकखण्डक करिब ६ किलोमिटर रहेको बताउदै बुलिङटार गाउँपालिका ६ भित्रको रिङरोडको रुपमा निर्माण भइरहेको बताउनुभयो ।

 

‘यो चाँही हाम्रै ६ नम्बर वडामा पर्छ । तल्लो भेग कालीगण्डकी करिडोर पर्छ । अहिले भइरहेको काम रिङरोडको रुपमा बन्दैछ, उहाँले भन्नुभयो, ‘नाली बनाउने, ग्याबिङ गर्ने, सडक फराकिलो बनाउने, कटान गर्ने काम भइरहेको छ ।’

 

उहाँका अनुसार उक्त सडकस्तरोन्नतीको कामा पूर्वाधार विकास कार्यालयले ठेक्कामा लगाएको हो ।

 

सो आयोजना आफ्नै पालिकामा पर्ने भएकाले निर्धारित समयमै काम सक्नेगरी निरन्तर अनुगमन भइरहेको उहाँले बताउनुभयो ।

 

 

उहाँले ‘बस्न योग्य, हेर्न लायक समृद्ध बुलिङटार’ बनाउन आफू प्रतिबद्ध रहेको बताउनुहुँदै यस क्षेत्रकै मुटुको रूपमा रहेको साबिक भारतीपुर रिङरोडको रुपमा ढाँसी– भारतीपुर हुँदै अत्रौली जोड्ने कामलाई पूर्णता दिन आफू अग्रपङ्तिमा रहेर काम गर्ने प्रतिबद्धता पनि जनाउनुभएको थियो । 

 

यस्तै बुलिङटार गाउँपालिका ६ का वडाध्यक्ष मोहनराज पाठकले वडाको विकासलागि आफु अहोरात्र खटिएको स्मरण गराउदै सहयोग गर्ने सबैलाई आभार व्यक्त गर्नुभएको थियो ।

 

आफ्नो क्षेत्रको सांसद गाहामगर, गाउँपालिका प्रमुख सुनारी र वडाध्यक्ष पाठकको कार्यशैली उत्कृष्ट र तदारुपताका साथ काम गरेको भन्दै कार्यक्रममा सहभागि स्थानीयहरुले प्रशंसा गरेका थिए ।

पोखरा:  ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’’ भन्ने मूल नाराका साथ लेखनाथमा सञ्चालित २१ औं संस्करणको लेखनाथ महोत्सव ११ करोड बढिको कारोबार गर्दै सोमबार सम्...

थप पढ्नुहोस्

पोखरा:  गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले ल्होछार तमु जातिको सामाजिक तथा सांस्कृतिक पक्षको प्रतिनिधित्व गर्ने मुख्य पर्व भएकाले यसको मौलिकता जोगाइराख्नुपर्नेमा जोड दिनुभएको छ । तमु धिं नेपालले महान ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले चालु वर्षदेखि उच्चघनत्व प्रविधिमा आधारित ‘हाईब्रिड एम नाईन रुट स्टक’ जातका बिरुवा उत्पादन गर्न सुरु गरेको छ...

थप पढ्नुहोस्